कोलम्बियामा बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या दुई सय ५४ पुग्यो

भक्तपुर न्यूज

२० चैत २०७३ ९:२८

कोलम्बियामा बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या दुई सय ५४ पुग्यो

एजेन्सी, २० चैत । कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या दुई सय ५४ पुगेको छ । बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएका छन् । यस्तै चार सय जना घाइते भएका रेडक्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेडक्रसले जनाएको छ ।
राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उनले बताएका छन् । उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेका छन् ।
उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *