एलजीले ल्यायो विभिन्न उपहार योजना

भक्तपुर न्यूज

२० चैत २०७३ ९:१४

एलजीले ल्यायो विभिन्न उपहार योजना

काठमाडौं, २० चैत । नयाँ वर्ष २०७४ को अवसर पारेर एलजी ब्राण्डले विभिन्न उपहारका योजना ल्याएको छ । योजना अन्तर्गत एलजी होम इन्टरटेनमेन्ट अफर्सअन्तर्गत एलजी टिभीको खरिदमा २ वर्षको वारेन्टी, २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । त्यस्तै, ५५ इन्च ओएलइडी टिभी तथा ६० इन्च वा सोभन्दा माथिको यूएचडी टिभीको खुरिमा मेघौली सेराइ ताज सफारी जाने अवसर दिइने एलजीले जनाएको छ ।
२४ देखि ३२ इन्चसम्मको एलइडी टिभीको खरिदमा गेम रिमोट निःशुल्क, ३२ देखि ४३ इन्चसम्म स्मार्ट एलइडी टिभीको खरिदमा म्याजिक मोसन रिमोर्ट, एलजी ब्लुटुथ स्पीकर प्राप्त गर्न सक्ने बताइएको छ । ४३, ४९ र ५५ इन्च यूएचडी टिभीको खरिदमा एलजी होम थिएटर सिस्टम प्राप्त गर्न सक्ने जनाइएको छ ।
एलजी होम अप्लायन्स अफर्सअन्तर्गत साइड बाइ साइड रेफ्रिजेरेटरको खरिदमा १३ हजार १ सय ९० मूल्य पर्ने एलजी माइक्रोवेभ, डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार १ सय ३० रुपैयाँ पर्ने पिगोइन मिक्स्चर ग्रिन्डर पाइने कम्पनीले जनाएको छ।
सुपर कुकर, वासिङ मेसिनको खरिदमा विभिन्न अप्लायन्सहरु पाउन सकिने एलजीले जनाएको छ । यो योजना चैत २० गते देखि सीमित अवधिको लागि हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *