स्थानीय तहको निर्वाचन अपरिहार्य : शाक्य

भक्तपुर न्यूज

१९ चैत २०७३ ६:३७

स्थानीय तहको निर्वाचन अपरिहार्य : शाक्य

काठमाडौं १९ चैत ।  नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अथक प्रयासपछि जारी भएको संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका निमित्त पनि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएकी छन् ।

एमाले नगर समन्वय समितिद्वारा आज आयोजित बुढानीलकण्ठ नगरपालिका नगर समन्वय कमिटीको कार्यालयको स्थानीय सुन्दरबस्तीमा उद्घाटन गर्दै नेतृ शाक्यले नेपाली जनताका लागि निर्वाचन अत्यन्तै आवश्यक रहेकाले तोकिएकै समयमा नै निर्वाचन हुनुपर्नेमा जोडसमेत दिएकी छन् । संविधानले विशेष गरी महिला र दलितको अधिकारलाई पूर्ण रुपमा सुनिश्चित गरेकाले अधिकारको प्रयोग गर्नका लागि उनीहरुलाई सक्रिय रुपमा निर्वाचनमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य डा. राजन भट्टराईले अब निर्वाचन कसैले पनि रोक्न नसक्ने बताउँदै संविधानको रक्षा र कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितिर लैजान सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनलाई रोक्न खोज्ने कुनै पनि तत्वलाई जनताले निर्वाचनकै माध्यमबाट अलग्याउने हुँदा विवेकअनुरूप काम गर्न उनले सबैमा आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *