निर्वाचनको वातावरण बनाउन माग

भक्तपुर न्यूज

१८ चैत २०७३ ६:१८

निर्वाचनको वातावरण बनाउन माग

काठमाडौं १८ चैत ।   मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउन असन्तुष्ट पक्षलाई निर्वाचनमा सामेल गराउनुपर्ने माग गरेको छ ।

पार्टीको सम्पन्न दुई दिने कार्यसम्पादन समिति बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई पनि सामेल गराउनुपर्ने ठहर गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावलाई तत्काल अघि बढाई सबै दल निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको फोरम (लोकतान्त्रिक)का उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए ।

बैठकले एक साताभित्र संशोधन अघि बढाउनुपर्ने, थरूहट मधेशको माग सम्बोधन गर्नुपर्ने, टीकापुर घटनालगायत मुद्दामा पक्राउ परेकालाई रिहाई गरिनुपर्ने र सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पनि उपाध्यक्ष चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *