मधेशी मोर्चाले जनता भड्काउने काम गर्याे :खनाल

भक्तपुर न्यूज

१८ चैत २०७३ ६:१४

मधेशी मोर्चाले जनता भड्काउने काम गर्याे :खनाल

काठमाडौं १८ चैत ।   पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथल पुथल हुने बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा उनले निर्वाचन तोकिएको समयमा हुन नदिन षड्यन्त्र भइरहेको र प्रचण्डको सरकारद्वारा निर्वाचन स्थगित गर्न कोशिस भइरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारको हुनुपर्ने कुरामा जोडसमेत दिए ।

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गर्ने काम सुरु गरिसकेको भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तोकिने उनले जानकारी दिएका छन् ।

फेरी तराईमा एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेशी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए । तराईमा मधेशी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै आरोप लगाउँदै मधेशलाई संविधानले सम्बोधन गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *