एसएसबीसँग मिलेर संयुक्त गस्ती

भक्तपुर न्यूज

१६ चैत २०७३ ८:०७

एसएसबीसँग मिलेर संयुक्त गस्ती

वीरगन्ज १६ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो ।
त्यस क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरीले व्यापक रुपमा गस्ती, चेकजाँच र पेट्रोलिङ गर्ने काम सुरु गरिएको मध्यमाञ्चलका सशस्त्र प्रहरीले जानकारी दिएको छ । स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल एसएसबीसँग सहकार्य गरी संयुक्त गस्ती सुरु गरेको मध्यमाञ्चलका सशस्त्र प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *