बंगलादेशमा आत्मघाती बिष्फोट, प्रहरी अधिकृतसहित ६ को मृत्यु

भक्तपुर न्यूज

१३ चैत २०७३ ५:४९

बंगलादेशमा आत्मघाती बिष्फोट, प्रहरी अधिकृतसहित ६ को मृत्यु

एजेन्सी १३ चैत। बंगलादेशको उत्तरपूर्वी शहर सिलहटमा दुईवटा आत्मघाती बम बिष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई प्रहरी अधिकृतसमेत छन् ।

आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको समाचार एजेन्सी अमाकले जनाएको छ ।अधिकारीहरुका अनुसार बिष्फोट त्यो स्थानमा भयो जहाँ एक भबन नजिक संदिग्ध चरमपन्थी र सेनाको कमाण्डोबीच संघर्ष जारी छ ।

सिलहटका प्रहरी प्रवक्ता जेदान अल मुसाले घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिए । आक्रमणबाट करिब एक दर्जन सैनिक प्रहरीहरु घाइते छन् ।

सिलहटमा चरमपन्थीविरुद्ध सेनाको कारबाही अभियान जारी छ । प्रहरीले सिलहटको दक्षिणतर्फ पर्ने सुरमा इलाकामा पाँचतले भबनमा दुई दिनदेखि घेराबन्दी गरिरहेको थियो । त्यहाँ शनिबार सैनिक कमाण्डोले आक्रमण गर्‍यो । त्यसअघि सो भबनबाट चरमपन्थीहरुले कब्जामा राखेका ७८ जनालाई बाहिर निकालिएको थियो जसमा २१ जना बच्चाहरु थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *