आदित्यनाथको ‘एन्टाइ-रोमियो’ प्रहरी कारवाहीमा ६ युवा पक्राउ

भक्तपुर न्यूज

१२ चैत २०७३ ६:४०

आदित्यनाथको ‘एन्टाइ-रोमियो’ प्रहरी कारवाहीमा ६ युवा पक्राउ

एजेन्सी १२ चैत ।उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ निर्वाचित भएपछि उनले सडकमा महिला गिज्याउने युवाहरु विरुद्ध विशेष कारवाही चलाउन शुरु गरेका छन्।

उक्त अभियान अन्तर्गत प्रहरी दस्ताहरुले बजार, ‘शपिंग मल’, विद्यालय, क्याम्पस, पार्क र भिड हुने स्थानहरु निरीक्षण गर्ने र महिलालाई गिज्याएको पाइएमा पक्राउ गर्छन्। ‘एन्टाइ-रोमियो’ अपरेशन नाम पाएको उक्त कारवाहीमा हिजो शाम्ली जिल्लाका ६ युवा परेको प्रहरीले बताएको छ।

आफ्नो चुनावी अभियानका क्रममा आदित्यनाथले महिलालाई सडकमा गिज्याउने युवाहरु विरुद्ध कानुनी कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। स्थानीय केही युवाले महिला विद्यार्थीहरु परीक्षा दिएर घर फर्किरहेको अवस्थामा जिस्क्याएका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयले प्रत्येक प्रहरी चौकीमा ‘एन्टाइ-रोमियो’ दस्ता गठन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *