ओलीको अमेरिका भ्रमण रोकियो

भक्तपुर न्यूज

११ चैत २०७३ ११:१५

ओलीको अमेरिका भ्रमण रोकियो

काठमाडौं, ११ चैत । आगामी साता अमेरिका जान लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमण स्थगित भएको छ । पार्टीको प्रवासी संगठनको अधिवेशनका लागि ओली अमेरिका जाने तयारी थियो ।
अधिकांश नेपालीको बसोबास रहेको अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरमा यही मार्च ३१ देखि अप्रिल २ सम्म प्रवासी नेपाली मञ्चको अधिवेशन हुँदैछ । स्थानीय तहको निर्वाचन लगायत पार्टीको आन्तरिक काममा नै ब्यस्त हुनुपरेको कारण जनाउँदै ओलीले अमेरिका भ्रमण स्थगित गरेका हुन् ।
ओलीले अमेरिका जाने कार्यक्रम स्थगित गरेपछि आफ्नो सट्टामा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलाई अमेरिका पठाउँदैछन् । गुरुङ आगामी मंगलबार अमेरिका पुग्ने एमाले निकट प्रवासी मञ्चले जनाएका छ । अधिवेशनकै सिलसिलामा एमाले नेता तथा पूर्बमन्त्री युवराज कार्की गत साता नै अमेरिका पुगिसकेका छन् भने एमाले नेता गुरुङसँगै अर्का नेता खगराज अधिकारी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा लगायत अमेरिका जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *