बाइस लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता

भक्तपुर न्यूज

११ चैत २०७३ ११:१२

बाइस लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता

सरकारले आव २०७२/७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ र बालबालिकालाई ३२ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ वितरण गरेको छ।

उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीका अनुसार चौमासिक रुपमा सो भत्ता विभागले स्थानीय तहको वडा कार्यालयमार्फत वितरण गरेको हो । सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई एक हजार, पूर्ण आपङ्गता र लोपोन्मुख आदिवासीलाई दुई हजार, आंशिक आपङ्गतालाई ६ सय र बालबालिकालाई चार सय रुपैयाँ दिँदै आएको छ । अन्तिम चौमासिकको चैत, वैशाख जेठ र असारको सामाजिक भत्ता वितरण गर्न बाँकी र अर्थमन्त्रालयबाट एक अर्ब रकम आउन बाँकी रहेको सुवेदीले बताए।

विभागले आव २०७१/७२ मा २१ लाख ६० हजार ५७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत विसं २०५२ साल साउन १ गतदेखि ज्येष्ठ नागरिक र एक महिलालाई सामाजिक भत्ता विवरण गर्ने कार्य सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *