चिनियाँ रक्षामन्त्री चाङले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने

भक्तपुर न्यूज

११ चैत २०७३ ६:१४

चिनियाँ रक्षामन्त्री चाङले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्ने

काठमाडौं ११ चैत । नेपाल भ्रमणमा रहका चिनियाँ रक्षामन्त्री चाङ वानक्वानले आज सरकारका उच्च अधिकारीहरुसँग भेट गर्दैछन । नेपालको तीन दिने भ्रमणमा रहनु भएका चाङले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँडसँग भेट गरेका थिए ।

चिनियाँ रक्षामन्त्री चाङले आज राष्ट्रपति विद्या भण्डारी, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग छुट्टा छुट्टै भेट गर्ने तयारी भएको जनाइएको छ ।

रक्षामन्त्री चाङले प्रधान सेनापति राजेन्द्र क्षेत्रिसँग बिहान १० बजेपछि भेट गर्दै हुनुहुन्छ भने अपरान्न ३ बजे उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भेट गर्ने तयारी छ । यस्तै आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्न ४ बजे सितलनिवासमा भेट गर्नुहुने रक्षा मन्त्रालयका प्रवक्त उत्तमप्रसाद नागिलाले जानकारी दिए । भेटकामा दुई देशबीचको सम्बन्ध तथा सैन्य सहयोगका विषयमा छलफल हुने नागिलाले बताए ।

यसअघि हिजो प्रधानमन्त्री दाहालसँग भएको भेटमा रक्षामन्त्री चाङले नेपालबाट एक चीननितिमा निरन्तरता दिन र चीनले अघि बढाएको वान बेल्ट वान रोड परियोजनामा साझेदारीको भूमिका खेल्न आग्रह गरेका थिए । रक्षामन्त्री चाङको सम्मानमा समकक्षी बालकृष्ण खाँडले आज राति आर्मी अफसर्स क्लबमा साँझ ६ बजे रात्रिभोजको आयोजना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *