एमाले सांसद दुलारीको आज अन्त्येष्टि गरिँदै, शवलाई श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
काठमाडौं ११ चैत । बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म एमाले पार्टी कार्यालय धुम्बाराहीमा दुलारीको शवलाई अन्तिम श्रद्धान्जलि दिएपछि अन्त्येष्टि गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो । सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो । उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन्ऽ साहको घटनास्थलमै मृत्यु भएको थियो । एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७