चिनियाँ रक्षामन्त्री नेपाल आउँदै
काठमाडौं १० चैत । चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदै छन् । तीनदिने भ्रमणका लागि उनी पौने एक बजे नेपाल अवतरण गर्ने छन् ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जाने छन् । श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली समकक्षी बालकृष्ण खाणसँग पनि भेटवार्ता गर्ने छन् ।
दुई देशका रक्षामन्त्रीबीच सेनाको सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । चिनियाँ रक्षामन्त्रीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्ऽ निधि र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन् । चाङको भ्रमण टोली १९ सदस्यीय हुनेछ ।