राप्रपाले आज मुलुकभरका निर्वाचन कार्यलयमा धर्ना दिदै

भक्तपुर न्यूज

७ चैत २०७३ ६:२६

राप्रपाले आज मुलुकभरका निर्वाचन कार्यलयमा धर्ना दिदै

काठमाडौं, ७ चैत्र । निर्वाचन आयोगको निर्णयको विरोधमा राप्रपाले आज मुलुकभर विरोध प्रदर्शन गर्दैछ । पार्टी विधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने आयोगको निर्णय फिर्ता लिन माग गर्दै राप्रपा आन्दोलनमा उत्रिएको हो ।
निर्वाचन आयोगले संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा उल्लेख गरिएका राजसंस्था र हिन्दुराज्य सम्बन्धी शब्दावली हटाउँदै बाँकी विधान अनुमोदन गरेको थियो ।
आफ्ना राजनितिक एजेन्डालाई विधानबाट हटाएको बताउँदै निर्णय फिर्ता लिन दवाव दिनका लागि राप्रपाले आज निर्वाचन आयोगको केन्द्रिय कार्यलयसहित मुलुकभरका जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्नासहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
यसअघि हिजो धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र कायमको माग गर्दै राप्रपाले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *