कोईरालाको आज सातौँ स्मृती दिवस
काठमाडौ ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको आज सातौँ स्मृती दिवस, कांग्रेस र उसका भ्रातृ संगठनहरुले देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
कोईरालाको सात वर्ष अघि वि.सं. २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत भएका थिए ।
कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही समुह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो ।
राजनितिक जीवनमा कोईरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो । कोईरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारको सहरसा जिल्लाको टेडीमा भएको थियो ।