एमालेले सम्मानजक स्थान दिए पार्टी एकीकरण हुन्छ : नेता मैनाली

भक्तपुर न्यूज

५ चैत २०७३ १०:२५

एमालेले सम्मानजक स्थान दिए पार्टी एकीकरण हुन्छ : नेता मैनाली

भक्तपुर, ५ चैत । नेकपा मालेका महासचिव सिपी मैनालीले एमालेले सम्मानजक स्थान दिए एमालेसँग पार्टी एकीकरणका हुन सक्ने बताएका छन् । रफत सञ्चार क्लवमा शनिबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै एकीकरणको खाका ल्याई सम्मानजनक स्थान दिए एकीकरण हुन सक्ने स्पष्ट पारे ।
विगत सात वर्षदेखि एमालेले एकीकरणका लागि कुनै प्रस्ताव नल्याएको बताउँदै एमाले एकीकरण गर्न इच्छुक भए मालेले पनि सोच्न सक्ने नेता मौनालीको धारण छ । विगतमा एमालेबाट विभाजीत भएको माले स्थानीय तहको निर्वाचनमा एक्लै जाने स्थिति आए अस्तित्व रक्षा गर्न कठिनाई हुने भएपछि महासचिव मौनालीबाट यस्तो धारणा आएको छ ।
कार्यक्रममा बोल्दै नेता मौनालीले घुमाउरो भाषणमा एमालेसँग एकीकरण गर्दा पार्टीलाई लाभ हुने र कार्यकर्ताको दबाब पनि त्यस्तै आएको बताए । एमालेसँग कार्यगत एकता सम्भव भएपनि कतिपय कुरामा मतभिन्नता भने छ, उहाँले भने । छिमेकी मुलक भारतबाट राष्ट्रियता र मधेशीवादी दललबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताए ।
नेता मैनालीले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए । नेपालमा दलहरुको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उनले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको बताए । सबै राजनीतिक दलहरुले समिक्षा गरेर राष्ट्रियताका विषयमा छलफल गर्नुपर्नेमा जोड दिर्दै उनले नेपालमा एकीकरणदेखिनै वैदेशिक हस्तक्षेप भएपनि अहिले भने राष्ट्रियता इतिहासमै कमजोर बनेको स्पष्ट पारे ।
सुगौली सन्धिदेखिको वैदेशिक हस्तक्षेप निरन्तर जारी रहेको बताउँदै उनले कञ्चरनपुरमा भारतीय सुरक्षा कर्मीबाट नेपाली नागरिक मारिनु राष्ट्रियतामाथिको ठाडो प्रहार भएको बताए । भारतले संविधान जारी गर्दा लगाएको नाकाबन्दी यी सबै हस्तक्षेपको नमुना भएको बताउँदै भारतीय हस्तक्षेप निरन्तर जारी रहेको उनको भनाइ छ ।
उहाँले निर्वाचन हुन नसकेका प्रदेशलाई थाती राखेर भएपनि स्थनीय तहको निर्वाचन तोकिएकै मितिमा गर्नुपर्नेमा उनले जोड दिए । मैनालीले आगामी ३१ बैशाखमा निर्वाचन हुन नसकेका क्षेत्रमा पछि गर्ने गरी खण्डखण्ड भएपनि निर्वाचन गर्नुपर्ने बताए । देशभरका सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेशमा मधेशी मोर्चाको अवरोध भएर निर्वाचन गर्न नसकिए खण्डखण्ड भएपनि निर्वाचन गर्नुपर्ने बताए ।
मधेशी मोर्चासँग निरन्तर संवाद र छलफल चलाएर निर्वाचनमा सहभागि गराउन सरकारले भुमिका खेल्नुपर्ने बताउँदै मधेशी मोर्चाले राखेको संविधान संशोधनको प्रस्ताव यथास्थितिमा पारित भने गर्न नसकिने बताए । संविधान संशोधन प्रस्ताव सरकारले गलत बाटोबाट ल्याएको र यदी संशोधन पारित नै भएपनि मोर्चा निर्वाचनमा सहभागि नहुने भन्दै उहाँले मोर्चाका नेताहरु कुनै पनि हालतमा अहिलेको संविधान कार्यान्वयनमा नदिने षड्यन्त्रमा लागिपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *