घरमा भूत आएको भन्दै ब्राजिलका राष्ट्रपतिले घर छाडे !

भक्तपुर न्यूज

५ चैत २०७३ ७:१५

घरमा भूत आएको भन्दै ब्राजिलका राष्ट्रपतिले घर छाडे !

एजेन्सी । यो जमानामा भूतको कुरा सुन्दा धेरैले पत्याउदैनन् । गाह्रो पनि छ प्रमाणित गर्न । तर ब्राजिलका राष्ट्रपतिले घरमा भूत आएको भन्दै आलिसान महल छाडेर उपराष्ट्रपतिको निवासमा सरेका छन् ।
अघिल्लो साता ७६ वर्षे राष्ट्रपति माईकल टैमर र उनकी श्रीमति र छोराले घर खाली गरेर डेरा सरेका छन् । उनकी ३३ वर्षे श्रीमति र ७ वर्षे छोरामाथि पनि प्रेतात्माले प्रभाव पारेको हुन सक्ने राष्ट्रपति टेमरले बताएका छन् ।
अघिल्लो राष्ट्रपति दिल्मा रुसेफमाथि भ्रष्टाचारको मुद्धा लागे पछि उनी राष्ट्रपति बनेका थिए । एल्वोरेड नामको सो महल सन १९५७ मा बनेको दुनियाकै उत्कृष्ट महल मध्य एक मानिन्छ । १८.५ मिलियन डलर खर्च भएको त्यस महल निर्माणका लागि संसारका विभिन्न देशबाट रुख तथा अन्य सामाग्री मगाईएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *