निर्वाचन कसैले चाहेर पनि रोक्न सक्दैन : सरकारका प्रवक्ता कार्की

भक्तपुर न्यूज

४ चैत २०७३ ९:४५

निर्वाचन कसैले चाहेर पनि रोक्न सक्दैन : सरकारका प्रवक्ता कार्की

भक्तपुर, ४ चैत । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्सने बताएका छन् ।
रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कार्कीले मधेशी मोर्चासँग निरन्तर संवाद भइरहेकाले छिटै मोर्चा सहमतिमा आउने र स्थानीय तहको निर्वाचनको माहोलले पूर्णता पाउने हुँदा सबै निर्वाचमा केन्द्रित भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नरोकिने बताएका हुन् ।
उनले मोर्चाबीना निर्वाचनमा गए मधेशमा अतिवादले प्रश्रय पाउने भन्दै मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनका सवालमा बाहिर अनेक टिकाटिप्पणी आइरहेपनि आशावादी हुन सबैमा आग्रह गर्दै निर्वाचन तोकिएकै मितिमा हुने र यसका लागि राजनीतिक चहलपहल समेत बनिसकेको बताए ।
मधेशी मोर्चा सरकार निरन्तर सम्वाद र वार्तामा रहेकाले छिटौ मोर्चा पनि सहमतिमा आउने र सबैको स्विकार्य यो संबिधानमा केही संसोधन मात्र बाँकि रहेता पनि निर्वाचन नै सबैको अन्तिम परिक्षा रहेकाले यसमा सबै सामेल हुने उनको टिप्पणी रहेको छ ।
मोर्चाको बिरोध जारी रहेता पनि सहमतीमा आउने वातारबरण अझै रहेको भन्दै यदित त्यसो नभए पनि स्थानिय तहको निर्वाच नसर्ने उनको भनाई छ ।
सैब जानकारी हुँदा हुँदै पनि एमालले जसरी सप्तरीमा आफ्नो अभियानलाई जारी राख्यो त्यसैको परिदृश्यकै कारण सप्तरी घटना घटेको र यो सबैका लागि दुख्द रहेको बताए । उनले कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर नेपालीको ज्यान गएको घटनाका विषयमा सरकारले सत्य तत्थ छानवीन गरी भारत सरकारलाई कुटनीतिक रुपमा पहल भइसकेको जानकारी गराए । सत्य पत्ता लगाउन पहल गरिसकेको र भारतिय सुरक्षा बलकै गोलीबाट मृत्यु भएकाले यसमा भारतले माफि माग्नु पर्नेमा जोड दिए । उनले भने सरकाले ज्यान गएका गौतमलाई सहीद घोषणा गर्नुका साथै परिवारका सदस्यलाई सक्ने सहयोग गर्ने जानकारी दिए ।
उनले एनसिएलले कर छली विषयम सञ्चार माध्यमा आएजस्तो नभएको भन्दै मन्त्रीमण्डलबाट कुनै निर्णय नभएको स्पष्ट पारे । संसदको लेखा समितिमा छलफल भएपनि कर कार्यालयले करको निर्धारण गर्ने उनको भनाई छ । वर्तमान सरकारको कम्पोजिसन जे जस्तो भएता पनि निर्वाचनको वाताबरण तयारी तर्फ लाग्नु नै सबै भन्दा उपयुक्त बिकल्प रेहेको भन्दै राप्रपालगायत साना पार्टीलाई सरकारमा सोमल गराएर संविधान कार्यान्वयनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
उनले त्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको पक्षमा मन्त्रालय लागिपरेको बताउँदै एफएमको नवीकरण गर्ने अधिकार जिल्ला हुलाक कार्यालयलाई दिने निर्णय मन्त्रालयले गरिसकेको जानकारी दिए । सञ्चार क्षेत्रमा ब्यापक परिवर्तनको खाँचो रहेको औल्याउँदै उनले भने सञ्चार जगत् सबैलाई सत्य तथ्य जानकारी दिँदै गलत गर्नेहरुका लागि सुधारिलो हतियार बन्न सक्नु पर्नेमा अझै केहि कम्जोरी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *