सिरीयामा भएको हवाई आक्रमणमा ४२ को मृत्यु

भक्तपुर न्यूज

४ चैत २०७३ ५:५६

सिरीयामा भएको हवाई आक्रमणमा ४२ को मृत्यु

एजेन्सी, ४ चैत । सिरियामा भएको हवाई आक्रमणमा परी कम्तिमा ४२ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौ घाइते भएका छन् । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा उनीहरुकोे मृत्यु भएकोे विविसीले जनाएको छ ।
नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक रहेका छन् । आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *