चैत १० गते प्रधानमन्त्री चीन भ्रमणमा जाँदै
काठमाडौं, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै छन् । प्रधानमन्त्री दाहाल चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । माओवादी अध्यक्षसमेत रहेका दाहाल बोआओ फोरममा भाग लिन चीन जान लागेका हुन् । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उनी त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।
प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७