बानियाँले गृहराज्यमन्त्रीको जिम्मेवारी पाए

भक्तपुर न्यूज

३० फागुन २०७३ ७:२८

बानियाँले गृहराज्यमन्त्रीको जिम्मेवारी पाए

काठमाडौं, ३० फागुन । इन्द्र बानियाँले गृहराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेस सांसद बानियाँले यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्रीलाई भेट्न पुगेका गृहमन्त्री विमलेन्द्र निधीले आज बिहान बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुन् । यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *