इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा ४८ जनाको मृत्यु

भक्तपुर न्यूज

३० फागुन २०७३ ५:३५

इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा ४८ जनाको मृत्यु

एजेन्सी ३० फागुन । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो ।

घटनामा अझै केही हराइरहेको हुन सक्ने भन्दै खोजी जारी रहेको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए । पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ । पहिरो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाउँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *