ढुक्कले चुनावमा लागौंः कमल थापा

भक्तपुर न्यूज

२९ फागुन २०७३ ८:०५

ढुक्कले चुनावमा लागौंः कमल थापा
 काठमाडौं  २९ फागुन । उपप्रधानमन्त्री कमल थापाले सरकारमा राप्रपाको सहभागिताले स्थानीय निर्वाचन सुनिश्चित भइसकेकाले ढुक्कले चुनावमा लाग्न आग्रह गरेका छन् ।

निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उनले बताए । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी भएको उनले प्रष्ट पारे ।

स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्ऽमा राख्दै सरकार परिबर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएकोसमेत उनले बताए । राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *