सरकारको निर्णय राष्ट्रघात : बाबुराम

भक्तपुर न्यूज

२९ फागुन २०७३ ७:४१

सरकारको निर्णय राष्ट्रघात  : बाबुराम

काठमाडौं २९ फागुन । नयाँ शक्ति नेपालले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर नउठाउने सरकारको निर्णय राष्ट्रघात भएको बताएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

एउटा कर अधिकृतले गर्नु पर्ने निर्णयअधिकार खोसेर मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगी निर्णय गराउनु जिर्लज्जताको पराकाष्ठा हो, उनले भनेका छन्,  एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेल समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ । तर, सोही प्रकृतिको सम्पत्ति एनसेल बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्र होइन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।

एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिँदा ३३ अर्ब राज्यले गुमाएको भन्दै नयाँ शक्तिले भनेको छ, यो सानो र चुप लागेर बस्ने विषय होइन । एउटा विदेशी लगानी भएको कम्पनीलाई मिलेमतोमा भ्रष्टाचार गर्न सघाउ पुग्ने गरी राजश्व संकलनमा उन्मुक्ति दिने सरकारी निर्णय टुलुटुलु हेरेर बस्न सकिँदैन । कांग्रेस र माओवादीबीच उच्चस्तरमा सहमति भएको भन्दै उसले जबरजस्त निर्णय गर्नु अपराध भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *