कृषि विकास बैंकमा जागिर खुल्यो

भक्तपुर न्यूज

२५ फागुन २०७३ ९:५९

कृषि विकास बैंकमा जागिर खुल्यो

काठमाडौं, २५ फागुन । कृषि विकास बैंक लि.ले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।
बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी÷जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यालयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *