प्रधानमन्त्रीले एमालेलाई भने, अभियान छाडेर समस्या समाधानमा लाग्नुहोस्
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मेची महाकाली अभियान रोकेर राष्ट्रिय समस्या समाधानमा केन्द्रित हुन नेकपा एमालेलाई आग्रह गरेका छन् ।
मेची महाकाली अभियानले देशमा डरलाग्दो परिस्थिति देखिएको भन्दै प्रधानमन्त्रीले तत्काललाई अभियान छाडेर वार्तामार्फत अवस्था सुधार्न एमालेलाई आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
एमालेको अभियानका क्रममा सप्तरीमा चार जनाको मृत्यु हुने गरि घटना भएपछि प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तासाझेदार नेपाली कांग्रेसका शिर्ष नेतालाई वालुवाटार बोलाएर छलफल गरेका हुन् ।
जवाफमा नेकमा एमालेले मेची महाकाली अभियानका क्रममा भएको घटनाको छानविन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । उनिहरुले सप्तरी घटनालाई बहाना बनाएर चुनाव नटार्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।