भारतको लखनउमा दोहोरो भिडन्त हुँदा एक आतंककारी मारिए

भक्तपुर न्यूज

२५ फागुन २०७३ ६:३२

भारतको लखनउमा दोहोरो भिडन्त हुँदा एक आतंककारी मारिए

एजेन्सी, २५ फागुन । भारतको उत्तर प्रदेशमा संदिग्ध आतंकवादी समूह र सुरक्षाकर्मीबीच भएकोे मूठभेडमा एक जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको लखनउमा आतंकवादी लुकेको स्थानमा प्रहरीले घेरा हाल्दा दुई समूहबीच भिडन्त भएको थियो ।
लगभग आठ घण्टासम्म भएको भिडन्तमा एक जना आतंककारी मारिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । अन्य भाग्न सफल भएको बताइएको छ ।
लुकेका उनीहरुलाई जिवितै पक्रन खुर्सानी बमको प्रयोग गरिएको भएपनि एक जनाको मृत्यु भएको हो । मृतकको साथबाट पेस्तोल, रिभल्वर र चक्कू बरामद गरिएको प्रहरीले जनाएको छ । हिजो भएको भोपाल–उज्जेन ट्रेनमा विष्फोट गराउनेसँग संदिग्धहरुको सम्बन्ध रहेको प्रहरीको आशंका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *