सवारी दुर्घटनामा परी एकको मृत्यु
काठमाडौं १९ फागुन । सिरहाको गोलबजार नगरपालिका–४ स्थित सडकमा गएराति बसले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको देवीपुर–९ निवासी ३७ वर्षीय सुरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १४६० नं को बसले विपरीत दिशाबाट आउँदै गरेको स ५ प ७२३४ नंको मोटरसाइकललाई गएराति ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए । घाइते महतोको लहान स्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३