आजदेखि दोस्रो लगानी सम्मेलन हुँदै

भक्तपुर न्यूज

१९ फागुन २०७३ ५:०९

आजदेखि दोस्रो लगानी सम्मेलन हुँदै

काठमाडौं १९ फागुन । नेपालको औद्योगिक विकासका लागि विदेशी भित्राउने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन हुँदैछ । काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका तीन सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागिता रहने उद्योग मन्त्रालयले जनाएको छ ।

 

२५ वर्षपछि हुन लागेको सम्मेलनमा दक्षिण एसियालीसहित चीन, अमेरिका, युरोपेली देशहरु र केही खाडी देशका लगानीकर्ताहरुसँगै कुटनीतिक नियोगका प्रतिनिधि समेत सहभागी हुँदै छन् ।

उद्योग मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र निजि क्षेत्रको सहयोगमा गर्न लागिएको सम्मेलनमा मुख्य आठ क्षेत्रमा लगानीका लागि आहृवान गरिने बताइएको छ । कृषि, बैंकिङ, सूचना तथा प्रविधि, उर्जा, पर्यटनलगायतमा विदेशी लगानी भित्रयाउन सम्मेलन सार्थक हुने अपेक्षा गरिएको छ । सम्मेलनमा करिब एक खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धताको घोषणा हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *