निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ

भक्तपुर न्यूज

१८ फागुन २०७३ ९:२५

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ

निर्वाचन आयोगले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको हो । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी र सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आचारसंहिता लाग्ने जनाईएको छ । उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुनेछ । आचारसहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयासम्म जरिवाना हुने पनि आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *