नेपालका लागि भारतीय राजदूतमा मञ्जिभ सिंह पुरी
काठमाडौं १८ फागुन । नेपालका लागि नयाँ भारतीय राजदूतमा मञ्जिभ सिंह पुरीको नाम सिफारिस भएको छ । भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले अनलाइनखबरसँग भने-‘नयाँ राजदूत नियुक्तिबारे पत्र आइसकेको छैन । तर, मञ्जिभ सिंहलाई राजदूतमा मनोनयन गरिएको जानकारी आएको छ ।’ नेपाल आउन लागेका सिंह यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि भारतीय राजदूत थिए । यही फेबु्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो ।
यसैवीच राजदूत रणजीत रायको कार्यकाल समाप्त भएको छ । तर, नयाँ राजदूत काठमाडौं आउन केही साता लाग्ने दूतावास स्रोतले बताएको छ । यसअघि नेपालदका लागि भारतीय राजदूतमा पि्रती शरण र दलवीर सिंहको चर्चा चलेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२९ जेठ २०८२ ७:५६
कोशी प्रदेशबाट मनसुन पश्चिमतर्फ सर्न नसकेको मौसमविदहरूको भनाइ
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६