निर्वाचन आयुक्त कसम नेपाल एयरलाइन्स नचढ्ने

भक्तपुर न्यूज

१८ फागुन २०७३ ८:२५

निर्वाचन आयुक्त कसम नेपाल एयरलाइन्स नचढ्ने

काठमाडौं १८ फागुन । निर्वाचन आयुक्त इला शर्माले मन्त्रीहरुकै सामू आफूले सरकारी ध्वजाबाहक विमान नेपाल एयरलाइन्स नचढ्ने कसम खाएको बताएकी छन् । निर्वाचन आयोगले बुधबार मन्त्रीहरुलाई निर्वाचन आचारसंहिताबारे छलफल गर्न बोलाएको थियो । छलफलमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय चुनावमा हेलिकोप्टर प्रयोगमा रोक लगाएको बताए । तर, आयोगले भने हेलिकोप्टर प्रयोग गर्ने भन्दै उनले विमानस्थलमा दुई घन्टासम्म कुर्नु नपरोस् भनेका छन् ।

लगत्तै नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विमानस्थलमा कुर्नै नपरोस् भन्नेतर्फ आफूहरु समेत रहेको तर, मौसम बिग्रियो भने के गर्ने भन्ने प्रश्न गरे । उनले अघि भने, हिजो आयुक्तजीको २ बजे फ्लइट थियो । हामीले मिल्ने ठाउँमा मिलाएर पठायौं । तर, मौसम बिग्रिएला अनि उड्न सकिएन भने । त्यसपछि आयुक्त इला शर्मा ‘मन्त्रीजी हिजोको कुरामा म अलिकति स्पष्ट पारौं’ भन्दै बोलिन् । उनले भनिन्, ‘यहाँहरुले कति फ्यासिलेटेड गरिदिनुभो भने ६ हजार अहिले दिनुस्, अनि मात्र टिकट हुन्छ ।

उनले अघि भनिन्, ‘म नेपाल एयरलाइन्सलाई माया गर्छु । तर, के कसम खाएको छु भने नेपाल एयरलाइन्समा सकेसम्म उड्दिनँ । किनभने ६ हजार तिरेपछि मात्र मेरो टिकट हुन्छ भने ५ हजारमा अर्को एयरलाइन्समा उड्छु । मन्त्रीले जवाफ दिए, नियम कानुन त फलो गर्नुपर्‍यो । लगत्तै आयुक्त शर्माले पनि जवाफ दिएकी थिइन् ।मन्त्री र आयुक्तको जुहारी नै चल्ने देखेपछि प्रमुख निर्वाचन आयुक्त यादवले हस्तक्षेप गर्दै प्रकृतिले माया गरिदिएन भने दोष तपाईलाई हुँदैन । तर, नर्मल अवस्थामा ३र४ घन्टा विमानस्थलमा बसेर चुनाव प्रभावित हुनसक्छ किनकी छोटो समय छ । लगत्तै रक्षामन्त्री बालकृष्ण खाँडले आयुक्तहरु विमानस्थलमा बस्नु नपर्ने बताएपछि छलफल अघि बढ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *