चीनमा सङ्क्रामक रोगका कारण गत वर्ष अठार हजारको मृत्यु
एजेन्सी, १४ फागुन । चीनमा सन् २०१६ मा सङ्क्रामक रोगका कारण १८ हजार २३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ ।
सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ । सो समयमा एक जनाको प्लेग ९पेसिलेन्स० र २७ जनाको हैजाको उच्च जोखिमयुक्त क वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ ।
सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९६८ जनाको मृत्यु भएको चीनले बताएको छ । एचआईभी÷एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८।८ प्रतिशतको मृत्यु भएको थियो । त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ ।