आजबाट राष्ट्रिय औद्योगिक मेला सुरु

भक्तपुर न्यूज

१२ फागुन २०७३ १०:२१

आजबाट राष्ट्रिय औद्योगिक मेला सुरु

काठमाडौं, १२ फागुन । २८ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला काठमाडौंको भृकुटी मण्डपमा आजबाट सुरु भएको छ । हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौंला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।
६ दिनसम्म चल्ने मेलाले नेपालका घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको घरेलु तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जानकारी दिए । मेलामा ३ सय भन्दा बढी स्टल रहेको र ३ सय ५० जना भन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी भएका छन् । मेलामा स्थानीय बस्तुहरुको महत्वबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ ।
मेलामा ३ लाख अवलोकनकर्ता सहभागी हुने र उनीहरुलाई स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको महत्वका बारेमा जानकारी दिने पनि आयोजकले जनाएका छन् । मेलामा नेपालको स्थानीय स्तरमा उत्पादन हुने ढाका कपडा, बाँस र बाँसका सामग्रीहरु, चिया, कफी, हाते कागज, खुकुरी, करुवा जस्ता सामग्रीहरु राखिएका छन् । स्वदेशी बस्तुको उत्पादनमा जोड दिइएको मेलामा करिव ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
मेलाको उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *