मोर्चा र एमाले कार्यकर्ताबीच झडप
काठमाडौं ११ फागुन । जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् ।
स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यही बसेका थिए । मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले शान्तिपूर्णरुपमा र्याली निकाल्न खोज्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७