नेपालमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदै
काठमाडौ १० फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । हरेक वर्षको फेबु्रअरी २१ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तान तथा हालको बंगलादेशमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनको सम्झनामा मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पनि सन् १९९९ नोभेम्बर १७ तारीखमा यसलाई दिवसका रुपमा स्वीकार गरेको थियो ।
विश्वका विभिन्न भाषा तथा संस्कृतिका विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवस मनाउदै आएको छ । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ भाषाहरु मातृभाषाको रुपमा बोल्ने गरेको पाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०