मलेसियाले राजदूत फिर्ता बोलायो

भक्तपुर न्यूज

१० फागुन २०७३ ६:२९

मलेसियाले राजदूत फिर्ता बोलायो

एजेन्सी, १० फागुन । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ ।
उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
मलेसियाले उत्तर कोरियाले झुठो तथा अफवाहको भरमा आरोप लगाएको बताएको छ । मलेसियाली प्रहरीले भने एयरपोर्टमा आफ्नो फ्लाइटका लागि पर्खिरहेका बेला नामलाई बिष खुवाइएको हुन सक्ने आशंका गरेको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा चार जना उत्तर कोरियालीको खोजी गरिरहेको बिबिसीले जनाएको छ । नामको गएको हप्ता मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *