सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो
भक्तपुर, २६ माघ । भक्तपुरस्थित भैरवनाथ मन्दिरको मुल नाइके मुक्ती वहादुर सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । सिसि क्यामेराको फुटेजको सहयोगमा अरनिको हाईवे रुट भएर चल्ने बा ४ ख ७३०१ नम्वरको ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी बृत जगातीले जानकारी दिएको छ ।
ट्रिपर चालक मकवानपुर तिस्टुङ पालुङका ३४ बर्षिय शम्भु स्याङ्ताङलाई पक्राउ गरि आवश्यक कारवाहिको लागि अदालतवाट म्याद थप गरि थुनामा राखेको प्रहरीले जनाएको छ । माघ २२ गते बिहान भक्तपुरको घलातेमा नाइके सुवालको सोहि ट्रिपरको ठक्करबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३