अस्पतालबाटै नवजात शिशु हरायो
बीरगञ्ज, २१ माघ । बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एक नवजात शिशु चोरिएको भन्दै आफन्तजनले अस्पतालमा नाराबाजी गरिरहेका छन् । आज बिहान १० बजेर ४० मिनेटमा नर्मल डेलिभरीबाट जन्मिएको बच्चा करिब २ बजे हराएको बुवा मुकेश पासवानले बताए ।
सुत्केरी आशा देवीको हेरचाहको लागि वार्डमा रहेकी भाइ बुहारी खुश्वु देवीका अनुसार एक अपरिचित महिलाले छोरा खेलाउँदै लिएर बेपत्ता भएको बताइन् । अस्पतालमा रहेको ७ वटा सिसी क्यामेरा सबै बिग्रिएको देखिएको छ ।
अस्पताल प्रमुख चितरञ्जन साहले अस्पतालमा यस्तो घटना पहिलो पटक भएको भन्दै आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए । उनले घटना छानबिनको लागि लागिपरेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०