नेप्से आज बढ्यो

भक्तपुर न्यूज

१८ माघ २०७३ १०:२९

नेप्से आज बढ्यो

काठमाडौं, १८ माघ । हिजो ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से आज बढेको छ । नेप्से आज झण्डै १७ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो ।
नेप्से हिजो १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । वीमा र अन्य बाहेकका सबै समूह उकालो लागेको दिन आज सबैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ ।
त्यस्तै बैकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकास बैक समूह ३ दशमलव ३२ समूहले बढेको छ । आज बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने आज केही घटेको छ ।
हिजो ५३ करोड ६६ लाखभन्दा धेरैको सेयर किनबेच भएकोमा आज ५२ करोड ८५ लाखभन्दा धेरैको कारोबार भएको छ । आज सबैभन्दा धेरै गरिमा विकास बैंकको संस्थापक शेयर ३ करोड ६८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *