नेपालको सुरक्षा नीति कब्जा गर्दै भारतिय मार्सल ः बिजुक्छें
भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतिय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सादा पोशाकका मार्सलहरु बिमान सुरक्षाको बहानामा भारतले पठाउँदै भबिष्यमा आफ्ना सेनाको सुरक्षा अवस्था देखाएर नेपालको सुरक्षा अवस्था कब्जा गर्ने रणनीति भएको बताए ।
हाल नेपाली राजनीतिमा थ्रेस होल्डको बिषय निकै चर्चामा रहेको भन्दै उहाँले थ्रेस होल्ड ठूला राजनीतिक दलहरुलाई निर्वाचनको बखत गरिने खर्चमा लागू गर्नु पर्ने र साना दलहरु जसले मत कम ल्याएका छन् तिनलाई समेत सरकारमा लैजाने काम गलत भएको भन्दै ठूला दलहरुको खर्च र बिगतका अपराधिक चरित्र भएकाहरुलाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताए ।
स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर ब्यवहारमा कुनै तयारी नगरेको भन्दै संबिधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको बिजुक्छेंको भनाई छ ।
उहाँले धर्मका नाममा जात जाति, भाषा भाषी र क्षेत्रका नाममा दलहरु खोल्न नपाउनु पर्ने भएता पनि देशलाई जुन जुन बिषयले घाटा पुग्छ त्यही काम अर्कैको इशारामा गर्ने गर्दा देश नै टुक्रिने अवस्थामा पुगेको बताए ।
सरकारको समिकरण जति बेला पनि परिवर्तन हुने सक्ने भन्दै बिजुक्छेंले भन्नु भयो भारतको ईशारा मिल्ना साथ थ्रेस होल्डको बिषय देखाएर तीन दल एमाले काँग्रस र माओवादीबीच सत्ता समिकरण देखा पर्ने उनको टिप्पणी छ ।
संविधान संशोधनको बिषयलाई अल्झाउन समेत निर्वाचनको बिषयलाई मूखे बोलीमा ब्यापकता दिएको भन्दै बिजुक्छेंले निर्वाचन गराउने नै भए अन्य काम छाडी तिव्रताका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
उहाँले बालुवाटार, सिंहदरवार र शितलनिवास अपराधिहरुको संरक्षणको थलो बनेको भन्दै हाल पनि अपराधिक आरोप खेपाकाहरु समेत संसद भएको आरोप लगाए ।