निर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयुक्त यादव विच भेटवार्ता
काठमाडौं, १० माघ । आगामी वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसँग छलफल गरेका छन् । आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिक रुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन कानुनको प्रतिक्षामा रहेको बताए । राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव दिए । अन्यथा २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन नसकिने उनको भनाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६