जन्तीबस दुर्घटनामा ३ को मृत्यु
धनकुटा, ३ माघ । धनकुटाको फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिएका छन् । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ। घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०