पृथ्वीनारायण शाह राष्ट्रनायक हुन् : उपराष्ट्रपति
काठमाडौं २५ पुस । उपराष्ट्रपति नन्दवहादुर पुनले पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा गरेको योगदान बिर्सन नसकिने भन्दै उनी राष्ट्रका नायक हुन् भनेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा राप्रपाले पुस २७ मा आयोजना गर्न लागेको चियापानको निम्तो दिन गएका राप्रपा नेता दिलनाथ गिरीले पुनको भनाइ उधृत गर्दै भने-उनी राष्ट्र नायक हुन् । पृथ्वीनारायणको योगदानप्रति गर्व गर्नुपर्ने भन्दै उपराष्ट्रपतिले उनका कामको स्मरण गर्न पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा विदा दिए नेपाल र नेपालीकै सम्मान हुने बताएका थिए ।
राप्रपाको निम्तोको बारेमा भने आफूले राष्ट्रपति र सरकारसँग परामर्श गरेपछि मात्र निर्णय गर्ने बताएको गिरीले जानकारी दिए । उपराष्ट्रपतिले आफू यसबीचमा कांग्रेस,एमाले र माओवादी केन्द्रका चियापानमा पनि सहभागी नभएको स्मरण गराएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
८ जेठ २०८२ १५:५४