३ सयले बढ्यो सुन

भक्तपुर न्यूज

२० पुष २०७३ ७:५६

३ सयले बढ्यो सुन

काठमाडौं, २० पुस । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो ५२ हजार ९ सय रुपैयाँले कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *