तीन शीर्ष नेताहरुको छलफल हुदै
काठमाडौं, १८ पुस । व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल हुने भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक बस्नुअघि नै शीर्ष नेताको बैठक बस्ने तयारी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । हिजो एमाले र केन्द्रबिच भएको छलफलमा आउँदो मंसिरसम्ममा तीनवटै चुनाव सक्नेगरि अघि बढ्ने मोटामोटी सहमति भएपछि त्यसलाई थप छलफल गरि टुंग्याउन आज शीर्ष नेताको बैठक बस्ने तय भएको नेताहरुले बताएका छन् ।
त्यस्तै, संसद बैठकअघि सभामुख ओनसरी घर्तीले पनि दलका सचेतकहरुसँग छलफल गर्दै छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७