चलचित्र जात्राले मनायो ५१ औँ दिन
काठमाडौं, १७ पुस । नेपाली चलचित्र जात्राले आफ्नो प्रदर्शनको ५१ औँ दिन मनाएको छ । ५१ औँ दिनको अवसरमा जात्रा परिवारले कुमारी हलमा केक काटेर खुशी बाँढ्यो । कार्यक्रममा दर्शक र सञ्चारकर्मीहरुले जात्रा टीमलाई बधाई दिए ।
कार्तिक २६ बाट प्रदर्शनमा आएको चलचित्र जात्राले कुमारी हल र गुण सिनेमामा ५१ औँ दिन मनाएको हो । चलचित्रलाई दर्शकले मन पराएका कारण आफूहरु ५१ औँ दिनमा पुग्न सफल भएको भन्दै कलाकार तथा निर्माता रविन्द्रसिंह बानियाले दर्शकलाई धन्यवाद दिए ।
चलचित्रले कति कमाई गरेको छ भन्ने हाम्रो प्रश्नमा भने निर्देशक प्रदीप भट्टराईले पैसा त गन्नै भ्याएको छैन भनेर ठट्यौली शैलीमा जवाफ दिए । कार्यक्रममा चलचित्रका मुख्य पात्रहरु विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानिया, कमलमणि नेपाल, नरेन्द्र कंशकार लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३