आजबाट स्वयम्भूमा पनि लाइसेन्स दिइने
काठमाडौं, १७ पुस । यातायात व्यवस्था विभागले आजबाट राजधानीको स्वयम्भुमा सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी काम सुरु भएको छ । लाइसेन्स लिनका लागि सेवाग्राहीको चाप अत्याधिक भएकाले विभागले आजबाट स्वयम्भु स्थित यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरण गर्न लागेको हो ।
यस्तै, विभागले लाइसेन्स वितरण कार्य आगामी पुस २७ गतेबाट भक्तपुरको जगाती र राजधानीको चावहिलबाट पनि सञ्चालन गरिने जनाएको छ । गत साता बाट मात्रै लाइसेन्सको अनलाइन फारम सुरु गरेको विभागले सेवाग्राहीको चाप बढेकै कारण स्वयम्भु लगायत मुलुकभर थप नयाँ कार्यालय विस्तार गर्ने भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९