आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

भक्तपुर न्यूज

१७ पुष २०७३ ६:५७

आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दुतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आजदेखि काठमाडौं उपत्यका र पोखरामा सुरु हुन लागेको हो । विश्व बजारमा व्यावसायिक रुपमा यो सेवा सुरु भएको आठ वर्षपछि नेपालमा सञ्चालनमा आउन लागेको हो ।
तत्कालका लागि यो सेवा काठमाडौंमा झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले यो सुविधा चलाउन सक्नेछन् । फोर जी सेवा बिस्तारै अरु शहरमा पनि बिस्तार गरिने टेलिकमले जनाएको छ ।
अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।
काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।
फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *