संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने मोर्चाको चेतावनी

भक्तपुर न्यूज

१४ पुष २०७३ ९:५७

संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने मोर्चाको चेतावनी

काठमाडौं, पुस १४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले चुनावमा जानु अघि संविधान संशोधन हुनैपर्ने निष्कर्ष निकालेको छ । आज बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने चेतावनी मोर्चाले दिएको छ । सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा मोर्चाको बैठक बसेको थियो ।
बैठकपछि तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले पत्रकारहरुसँग कुरा गर्दै भने, संविधान संशोधन नगरी निर्वाचनमा जाँदा द्वन्द्व बढाउँछ, त्यसैले संविधान संशोधन गर्ने हो भने निर्वाचनमा जान तयार छौं ।
मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन कार्यक्षेत्राधिकार भन्दा बाहिरबाट बनेको भन्दै विरोध पनि गरेको छ । मोर्चाको बैठक बैठक शुक्रबार पनि बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *